June 17, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का अध्यक्ष नासेर अल-खेलाफीले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई जवाफ फर्काएका छन्। विश्वकप जितेपछि पिएसजीमा उचित सम्मान नपाएको भन्दै मेस्सीले आरोप लगाएपनि नासेर अल-खेलाफीले जवाफ फर्काएका हुन्।

एक मिडियासंग कुराकानी गर्नेक्रममा अल-खेलाफीले विश्वकप जितेपछि मेस्सीलाई प्रशिक्षणका क्रममा सम्मान गरिएको र त्यसको भिडियो पनि आफूहरुले सार्वजनिक गरेको बताए।

त्यसक्रममा उनले मेस्सीसंग प्राइभेटमा खुशियाली मनाएको पनि उल्लेख गर्न छुटाएनन्। अल-खेलाफीले भने,”हामीले मेस्सीलाई प्रशिक्षणमा सम्मान दिएका थियौं। यसको भिडियो पनि हामीले सार्वजनिक गरेका छौँ। यो सबैले देखेका छन्। हामीले प्राइभेटमा पनि उनको विश्वकप सफलताको खुशियाली मनाएका थियौं।”

विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको र आफूहरु फ्रेन्च क्लब रहेका कारण समर्थकहरुको भावनालाई ध्यानमा राख्दै स्टेडियममा मेस्सीको विश्वकप सफलताको खुशियाली मनाउन नसकिएको अल-खेलाफीको भनाई छ।

“तर सम्मानका साथ, हामी फ्रान्सेली क्लब हौं। स्टेडियममा उत्सव मनाउन पक्कै पनि संवेदनशील थियो। हामीले मेस्सीले जितेको देश, फ्रान्स टोलीका खेलाडीहरु र हाम्रा समर्थकहरूलाई पनि सम्मान गर्नुपर्छ।”,उनले भने। केहि समय अगाडी मेस्सीले एक अन्तर्वार्तामा विश्वकप जितेपछि पिएसजीमा उचित सम्मान नमिलेको आरोप लागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *