June 25, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबरलाई मान्ने हो भने ब्राजिलियन स्टार नेयमार आफ्नो नयाँ क्लब अल हिलालमा सन्तुष्ट हुन सकिरहेका छैनन्। स्पेनबाट प्रकाशित हुने पत्रिका स्पोर्टले नेयमार अल हिलालमा सन्तुष्ट हुन नसकिरहेको दावी गरेको हो।

मुख्यतः नेयमार क्लबका प्रशिक्षकका कारण क्लबमा सन्तुष्ट हुन नसकिरहेको बताइएको छ। जर्ज जिसस र नेयमार बीचको सम्बन्ध छोटो समयमै बिग्रिएको स्पेनिस मिडियाहरुको दावी छ।

प्रशिक्षक जर्ज जिसस पनि नेयमारको रवाफलाई लिएर रुष्ट रहेको बताइएको छ। नेयमारले अल-हिलाल पदानुक्रमलाई पोर्तुगाली रणनीतिकारलाई बर्खास्त गर्न सुझाव दिएको पनि स्पेनिस मिडियाहरु बताउँछन्।

नेयमार अल हिलाल पुगेको एक महिना भन्दा बढी समय भइसकेको छ। नेयमारले अल हिलालका लागि केहि साता अगाडी डेब्यू गरेका थिए। अल हिलालका लागि तीन खेल खेलेपनि नेयमारले गोलको खाता भने खोल्न बाँकी नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *