June 14, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई म्याड्रिड डर्बीका कारण ठूलो लाभ मिलेको छ। म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई पराजित गरिदिएसंगै बार्सिलोनालाई लाभ भएको हो।

रियल म्याड्रिड लालिगाको नयाँ सिजन सुरु भएयता अपराजित थियो। रियलले निरन्तर जित निकाल्दा बार्सिलोनाले शिर्षस्थानमा पकड जमाउन सकिरहेको थिएन। तर एटलेटिको म्याड्रिडले आइतबार राति रियललाई ३-१ को गोल अन्तरके पराजित गरिदियो।

यससंगै बार्सिलोनाले रियलसंग एक अंकको अग्रता बनाएको छ। लालिगाका ६ खेल खेल्दा बार्सिलोनाले ५ जित र एक बराबरी सहित १६ अंक जोडेको छ। रियलले भने ६ खेलमा ५ जित र एक हार सहित १५ अंक बनाएको छ।

आगामी खेलहरुमा सम्हालिएको प्रदर्शन गर्न सकेको खण्डमा बार्सिलोनाले यस अग्रतालाई कायम राख्न सक्छ। रियल र बार्सिलोना बीच अक्टोबर महिनाको अन्त्यमा भेट हुँदैछ। सो खेल दुवै टोलीका लागि अग्रता बनाउन वा अग्रता बढाउन महत्वपूर्ण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *