June 22, 2024

एजेन्सी – साउदी क्लब अल नासरले किङ कपमा सानदार सुरुवात गरेको छ। सोमबार राति किङ कपको राउण्ड अफ ३२ मा अल नासरले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको हो।

अल नासरले ओहोड क्लबलाई ५-१ को गोल अन्तरले पराजित गर्यो। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बिना उत्रिएको अल नासरले ओहोड क्लबलाई निरन्तर दबाबमा राख्दै जित निकाल्यो।

अल नासरको जितमा पाँच खेलाडीले गोल गरे। साडियो माने, सेको फोफाना, टालिस्का, आयमान याहया र सामीले एक-एक गोल गर्दा अल नासरले अन्तिम १६ मा स्थान बनायो।

ओहोड विरुद्धको खेलमा अल नासरले रोनाल्डोलाई आराम दिएको थियो। अल नासरको टोलीसंग रोनाल्डो जेद्दा गएनन्। रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा आराम दिइएको थियो।

त्यसपछि उनले अल नासरका लागि कुल ८ खेल खेलेका छन्। साउदी प्रो लिग अन्तर्गत ६ र एएफसी च्याम्पियन्स लिग क्वालिफाइयर र एएफसी च्याम्पियन्स लिग अन्तर्गत एक-एक गरी उनले ८ खेल खेलेका हुन्।

यस बीचमा रोनाल्डोले ९ गोल गरिसकेका छन् भने ५ असिस्ट दिसकेका छन्। रोनाल्डो साउदी प्रो लिगको शिर्ष गोलकर्ता पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *