June 25, 2024

एजेन्सी – ला लिगाका अध्यक्ष जाभियर टेबासले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे लालिगामा हुने पूर्ण निश्चितता नरहेको संकेत गरेका छन्। एक कुराकानीका क्रममा एम्बाप्पेका लागि रियल म्याड्रिड निश्चित गन्तव्य भएपनि उनी शतप्रतिशत रियलमा हुने कुरामा निश्चितता नरहेको संकेत गरेका हुन्।

एम्बाप्पे रियल आउने ७०-८० प्रतिशत सम्भावना रहेको टेबासले बताए। उनले भने,विश्वस्त होइन, तर यो उनको लागि निश्चित गन्तव्य हो। मलाई लाग्छ कि उनी ७० वा ८० प्रतिशत अर्को सिजन लालिगामा हुनेछन्।”

रियल म्याड्रिडले एम्बाप्पेलाई कयौं सिजन देखि पछ्याइरहेको छ। एम्बाप्पे भित्र्याउन आतुर रहेपनि पछिल्ला सिजनहरुमा रियल असफल भएको छ। पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ।

एम्बाप्पेसंग एक सिजन सम्झौता थप गर्ने विकल्प छ। तर एम्बाप्पेले सम्झौता थप नगर्ने स्पष्ट पारिसकेका छन्। उता पिएसजीले भने एम्बाप्पेलाई फकाउने कार्य जारी नै राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *