June 17, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व खेलाडी आर्टुरो भिडालले म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डो माथि भएको व्यवहारका लागि प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका छन्।

चिलीका मिडफिल्डर भिडालले आफ्नो व्यक्तिगत ट्विच स्ट्रिमका क्रममा रोनाल्डो माथि गरिएको व्यवहारका लागि एरिक टेन ह्यागको स्पष्ट रुपमा आलोचना गरेका हुन्।

शीर्ष स्कोरर भएपनि टेन ह्यागले रोनाल्डोलाई टोलीबाट बाहिर राखेको देखेर आफूलाई अचम्म लागेको भिडालले बताए। उनले भने,”क्रिष्टियानो रोनाल्डोलाई कसरी बाहिर निकाल्ने ? उनी शीर्ष स्कोरर थिए र टेन ह्याफले उनलाई नै बाहिर राखे। त्यो कदम धेरै खराब थियो। यी तक्लुहरु धेरै जटिल हुन्छन् “

सन् २०२१-२२ को सिजनमा युनाइटेडका लागि रोनाल्डोले २४ गोल गरेका थिए। सो सिजन उनी युनाइटेडको शिर्ष गोलकर्ता थिए। तर एरिक टेन ह्याग आएपछि रोनाल्डोले खेल्ने समय पाउन संघर्ष गरेका थिए।

टेन ह्यागले रोनाल्डोलाई बेन्चमा सिमित गरेपछि दुई बीचको सम्बन्ध बिग्रिएको थियो। रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा टेन ह्यागको चर्को आलोचना गरेका थिए। पछि सहमतिमा युनाइटेड र रोनाल्डो बीचको सम्झौता रद्द भयो र उनी अल नासर पुगे। रोनाल्डो अल नासरमा उच्च प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *