June 14, 2024

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा बुधबार नेपालले मंगोलियासँग खेल्दैछ। प्रतोयोगिताको पहिलो खेलको रुपमा नेपालले मंगोलियासँग बुधबार खेल्न लागेको हो।

नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बुधबार बिहानको ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ। हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट खेल नखेलेको मंगोलिया विरुद्ध पक्कै पनि सानदार जित निकाल्ने दाउमा हुनेछ।

२०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो। तर अहिले सम्म कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन।

नेपालले मंगोलियालाई हराउने मात्र नभई सो खेलमा विभिन्न रेकर्डहरु बनाउने पनि योजना बनाउन सक्छ। मंगोलिया पछि नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ। नेपालले दुवै खेल जितेर क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका मद्ये एकको सामना गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *