June 14, 2024

काठमाडौँ – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलिया विरुद्ध ब्याटिङको निम्तो पाएको छ। चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस हारेसंगै नेपालले ब्याटिङको निम्तो पाएको हो।

टस जितेर मंगोलियाले बलिङ गर्ने निर्णय गरेको छ। हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट खेल नखेलेको मंगोलिया विरुद्ध पक्कै पनि सानदार जित निकाल्ने दाउमा हुनेछ।

२०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो। तर अहिले सम्म कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन। मंगोलिया विरुद्धको खेल नेपालका लागि विभिन्न रेकर्ड बनाउने अवसर हुन सक्छ।

नेपालको प्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *