June 25, 2024

काठमाडौँ – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलिया विरुद्ध विशाल स्कोर बनाउने संकेत देखाएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले विशाल स्कोर बनाउने संकेत देखाएको हो।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस हारेसंगै नेपालले ब्याटिङमा उत्रिएको छ। मंगोलिया विरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले १ सय रन कटाएको छ।

नेपालले दुई ओपनर आउट भएपनि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दा नेपालले १ सय रन कटाउन सफल भएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट भए भने ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भए।

नेपालले यति बेला ११ ओभरको समाप्तिमा २ विकेट गुमाएर १ सय ४३ रन बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *