June 16, 2024

काठमाण्ड – नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्लले नयाँ रेकर्ड बनाएका छन्। १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध सानदार प्रदर्शन गर्दै मल्लले नयाँ रेकर्ड बनाएका हुन्।

नेपालका ओपनर आसिफ शेख आउट भएपछि उनको स्थानमा ब्याटिङ गर्न आएका कुशल मल्लले चौका र छक्काको वर्षा गर्दै नयाँ रेकर्ड बनाउन सके। मल्लले मात्र ३४ बलमा मंगोलिया विरुद्ध शतक पूरा गरे।

यससंगै उनी टि२० आई क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। यस अगाडी टि२० आईमा सबैभन्दा छिटो शतक ३४ बलमा बनेको थियो। सो रेकर्ड भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरको नाममा थियो।

उनीहरु सबैले ३५ बलमा शतक प्रहार गरेका थिए। तर अब सो रेकर्ड तोडिएको छ। नेपालका लागि सबै भन्दा छिटो शतक पारस खड्काले सिंगापुरविरुद्ध प्रहार गरेका थिए। उनलाई त्यसबेला शतक प्रहार गर्न ४९ बल लागेको थियो।

टि२० कुनैपनि खेलमा सर्वाधिक छिटो शतक गर्ने खेलाडीको रेकर्ड भने क्रिस गेलको नाममा छ। उनले सो शतक क्लब र क्लब विरुद्धको खेलका क्रममा उनले प्रहार गरेका थिए। उनले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक प्रहार गरेका थिए। तर टि२० आईमा भने अब मल्ल सर्वाधिक छिटो शतक बनाउने खेलाडीको रुपमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *