June 14, 2024

काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एकै दिन विभिन्न विश्वकीर्तिमान बनाएको छ। चीनको हाङझाउमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले मंगोलियाविरुद्ध विभिन्न विश्वकीर्तिमान कायम गरेको हो।

नेपालले मंगोलियालाई २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पार्यो। जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भएसंगै नेपालको जित पक्का भयो। मंगोलिया विरुद्धको खेलमा विभिन्न रेकर्ड बने र ती रेकर्डहरु निम्न रहेका छन् –

अन्तर्राष्ट्रिय टी–२० फम्यार्टमा कम बलमा शतक

कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाए। मंगोलियाविरुद्ध कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेलेका थिए। यो कुनैपनि नेपाली ब्याटरले कुनैपनि खेलमा बनाएको उच्च योगफल हो। कुशलले ३४ बलमै शतक हानेका थिए । टि२० आई इतिहासकै सर्वाधिक छिटो शतक हो । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

सबै भन्दा छिटो शतक

ऐरीले मंगोलिया विरुद्ध मात्र १० बलमा ५२ रन बनाए। छक्काको वर्षा गरेका उनी मात्र ९ बलमा अर्धशतक प्रहार गर्न सफल भए। मंगोलिया विरुद्ध ऐरीले ८ छक्का प्रहार गरेका थिए। लगातार ६ बलमा ६ छक्का प्रहार गरेका ऐरीले दुर्लभ रेकर्ड पनि बनाएका छन्। मात्र ९ बकमा अर्धशतक प्रहार गरेसंगै ऐरी टि २० आइमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बन्न सफल भएका हुन्।

उनले भारतीय ब्याटर युवराज सिंहको किर्तिमान तोडेका छन्। युवराजले सन् २००७ मा इङ्गल्याण्ड विरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए। तर उनी भन्दा ३ कम बलमै ऐरीले अर्धशतक पूरा गरे।

टि२० आईमा ३ सय रन बनाउने पहिलो टोली

बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलिया विरुद्ध ३ सय १४ रन बनायो। यो टि२० इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए।

टि२० इतिहासकै फराकिलो जित

नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पार्यो। यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो । त्यस्तै क्यानडाले २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो ।

सर्वाधिल ठूलो साझेदरी

नेपाली ब्याट्सम्यानले मंगोलियाको कमजोर बलिङको धेरै फाइदा उठाए। ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रन जोडे। भुर्तेलले २३ बलमा १९ रन र सेखले १७ बलमा १६ रन बनाए। त्यसछि कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरे। यो नेपाली टोलीका लागि कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै सर्वाधिक साझेदारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *