July 26, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार लिभरपुलका पूर्व प्रशिक्षक योर्गेन क्लोपले जर्मन राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी प्राप्त गर्न सक्छन्।

युरोपबाट प्रकाशित हुने विहिन्न खेल मिडियाहरुले जर्मनीमा जारी युरो कप सकिएपछि क्लोपलाई जर्मन राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी लिने अवसर प्राप्त हुन सक्ने दावी गरेका हुन्।

प्रिमियर लिग क्लब लिभरपुलमा लामो समय बिताएपछि क्लोप अहिले खाली छन्। क्लोपले गत सिजनको अन्त्यसंगै लिभरपुल छाडेका हुन्। लिभरपुलमा हुँदा उनले क्लब स्तरमा लगभग सम्पूर्ण उपाधि जितेका थिए।

जर्मन रणनीतिकारले अहिलेसम्म तीनवटा टोलीहरू मात्र व्यवस्थापन गरेका छन्। उनले व्यवस्थापन गरेका टोलीहरु क्लव स्तरका मात्र छन्। उनले अहिले सम्म कुनै पनि राष्ट्रिय टोली सम्हालेका छैनन्।

जुलियन नागेल्सम्यानको नेतृत्वमा जर्मनीले युरो कपमा सहभागिता जनाएको थियो। जर्मनी क्वाटरफाइनल भन्दा अगाडी बढ्न सकेन। घरेलु मैदानमा अभाएको प्रतियोगितामा कम्जोर प्रदर्शन गरेपछि उनलाई जर्मनीले प्रशिक्षकबाट हटाउन सक्ने चर्चा सुरु भएको छ।

जुलियन नागेल्सम्यानलाई हटाएको खण्डमा जर्मनीको जिम्मेवारी क्लोपलाई अफर गरिन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *