June 25, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीले सिजनको दोस्रो उपाधि जित्ने महत्वपूर्ण अवसर गुमाएको छ। यूएस ओपन कपको फाइनलमा पराजित भएसंगै इन्टर मियामी सिजनको दोस्रो उपाधि जित्न अवसरमा चुकेको हो।

बिहिबार बिहान इन्टर मियामी घरेलु मैदानमा हस्टन डायनामो एफसीसंग पराजित भयो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिएको मियामीलाई हस्टन डायनामो एफसीले २-१ को गोल अन्तरले पराजित गर्यो।

बलमा राम्रो नियन्त्रण राखेर पनि आक्र-मणमा चुक्दा मियामी पराजित हुन पुग्यो। मियामीले खेलभर बलमा ५९ प्रतिशत नियन्त्रण राख्दा १२ प्र-हार गरेको थियो। त्यसमद्ये ४ प्र-हार टार्गेटमा थिए। त्यसमा एक प्र-हार मात्रै गोलमा परिणत भयो।

मियामीका लागि एक मात्र गोल जोसेफ मार्टिनेजले गरे। उनले निर्धारित ९० मिनेट पछि थप भएको दोस्रो मिनेटमा गोल गरेका थिए। त्यसभन्दा अगाडी मियामीले दुई गोल बेहोरेको थियो।

खेलको २४ औं मिनेटमा ग्रिफिन डोर्सी र खेलको ३३ औं मिनेटमा अमाइन बास्सीले हस्टनका लागि गोल गरेका थिए। बास्सीको गोल पेनाल्टीबाट आएको थियो। मियामीले एक गोल फर्काएपनि हस्टनलाई च्याम्पियन बन्नबाट रोक्न सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *