June 22, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीले बिहिबार बिहान हस्टन डायनामो एफसीको सामना गर्यो। सिजनको दोस्रो उपाधिका लागि यूएस ओपन कपको फाइनलमा मियामीले घरेलु मैदानमा हस्टन डायनामो एफसीको सामना गरेको थियो।

तर दोस्रो उपाधि जित्ने मियामीको योजना भने पूरा हुन सकेन। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी नखेलेको खेलमा मियामी घरेलु मैदानमै २-१ को गोल अन्तरले पराजित भयो।

खेल खेल्न नसकेपनि मेस्सी मियामी र हस्टन डायनामो एफसी बीचको खेल हेर्न मियामीको स्टेडियममा पुगेका थिए। यूएस ओपर कपको फाइनलमा आफ्नो टोलीले खेलेको मेस्सीले प्रतक्ष्य हेरे।

आफ्नो टोली महत्वपूर्ण उपाधि जित्न असफल हुँदा मेस्सी केहि दुखि पनि देखिएका थिए। चोटका कारण मेस्सी पछिल्लो समय मियामीका लागि खेल्न सकिरहेका छैनन्। हस्टन डायनामो एफसी विरुद्धको खेलमा मेस्सी खेल्न सकेको भए सायद नतिजा फरक हुन्थ्यो, मियामी डबल च्याम्पियन बन्न सक्थ्यो।

तर त्यसो हुन सकेन। अब मेस्सी र मियामीको ध्यान मेजर सकर लिग तर्फ केन्द्रित हुनेछ। मियामी यति बेला लिगको १४ औं स्थानमा छ। लिगको प्ले अफमा पुग्नको लागि मियामीले अब निरन्तर जित निकाल्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *