June 25, 2024

काठमाडौँ – बायाँ हाते युवा ब्याटर कुशल मल्ल कम उमेरमै उच्च प्रदर्शन गरिरहेका छन्। मात्र १९ वर्षका मल्ल यो उमेरमै नेपाली क्रिकेट टोलीका लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएका छन्।

मंगोलियाविरुद्ध कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेलेसंगै उनी नेपालबाट कुनैपनि खेलमा सर्वाधिक रन बनाउने ब्याटर बने।

मल्लले बनाएका रेकर्ड निम्न छन् –

एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी

मल्ल नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित पौडेलको नाममा रहेको रेकर्ड तोडे। पौडेलले २०२२ मार्चमा ओडिआई खेलमा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रन बनाएका थिए।

टि २० मा सर्वाधिक रन बनाउने खेलाडी

नेपालबाट टि२० आईमा एकै खेलमा उच्च रन दीपेन्द्रसिंह ऐरीको नाममा थियो । दीपेन्द्रले २०२२ मा मलेसियाविरुद्ध १ सय १० रन बनाएका थिए। तर अब सो रेकर्ड मल्लको नाममा हुनेछ।

टि २० मा नेपालबाट सर्वाधिक छिटो शतक

मल्ल नेपालका लागि टि २० मा सबै भन्दा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। सन् २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए। तर अब सो रेकर्ड पनि तोडिएको छ।

टि२० आई इतिहासकै सर्वाधिक छिटो शतक

मंगोलिया विरुद्धको खेलमा मल्लले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए। टि२० आई इतिहासकै सर्वाधिक छिटो शतक हो । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *