June 22, 2024

काठमाडौँ – नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याट्सम्यान बने। दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन्।

कप्तान रोहित कुमार पौडेल आउट भएपछि उनको स्थानमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका उनले अर्धशतक प्रहार गर्न समय नै लगाएनन्। दीपेन्द्रले १९ औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए।

२० औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए। सातौं बलमा दुई र त्यसपछिका दुई बलमा दुई छक्काका साथ दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेका थिए।

यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए। तर सो रेकर्ड तोडिएको छ। युवराज सिंहको रेकर्ड तोडिएपनि दीपेन्द्र सिंहको रेकर्ड भने तोडिन लगभग असम्भव छ ।

दीपेन्द्रको कीर्तिमान भंग गर्न ९ बलभन्दा कममा अर्धशतक पूरा गर्नुपर्ने हुन्छ। ब्याट्सम्यानले एउटा बलमा सर्वाधिक रन सम्म जोड्न सक्छन्। यसको अर्थ ८ बलमा हरेकमा छक्का प्रहार गर्दा पनि ४८ रनमात्र हुन आउँछ। र अर्धशतक पूरा गर्न नवौं बल खेल्नु नै पर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *