June 22, 2024

काठमाडौँ – १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेल नेपालका अल राउण्डर दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले धुँवादार ब्याटिङ गरे। दुवैले विश्वरेकर्ड समेत बनाए।

ऐरीले सर्वाधिक अर्धशतक र मल्लले सर्वाधिक शतकको रेकर्ड बनाएका हुन्। दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए। यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो।

यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध जोडेका थिए।  त्यस्तै कुशल मल्लले मात्र ३४ बलमा शतक पूरा गरेका थिए। कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो।

यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक पूरा गरेका थिए। त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए।

मंगोलिया विरुद्ध विश्वरेकर्ड बनाएपनि प्रशंसनीय कुरा के छ भने दुवैल कुनै सेलिब्रेसन गरेका थिएनन्। प्रतिद्वन्द्वी टीम पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका कारण उनीहरुको सम्मान स्वरूप दुवैले शतक र अर्धशतक पूरा गर्दा कुनै सेलिब्रेसन नगरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *