June 16, 2024

एजेन्सी – चीनकाो हङझाउ जारी एसियाली खेलकुद अन्तर्गत फुटबल प्रतियोगिताबाट भारत बाहिरिएको छ। अन्तिम १६ मा साउदी अरेबियासंग पराजित भएसंगै भारतको फुटबल टोली एसियन गेम्सबाट बाहिरिएको हो।

साउदी अरेबियासँग २-० गोल अन्तरले पराजित भएपछि भारतको क्वाटरफाइनलमा प्रवेश गर्ने सपना पूरा हुन सकेन। पहिलो हाफमा साउदीलाई गोल रहित बराबरीमा रोक्न सफल भएपनि भारत दोस्रो हाफमा भने चुक्यो।

दोस्रो हाफमा साउदीले दुई गोल गर्दै जित आफ्नो पक्षमा पार्यो। साउदीका लागि दुवै गोल मोहम्द खलिल मारानले गरेका थिए। खेलको ५१ औं मिनेटमा मोहम्द खलिल मारानको गोलबाट अग्रता लिएको साउदीले खेलको ५७ औं मिनेटमा उनकै गोलबाट अग्रता दोब्बर परेको थियो।

मारानले अल शबातको उत्कृष्ट क्रसमा हेडरमार्फत पहिलो गोल गरेका थिए। साउदी २-० ले विजयी हुँदा भारत अन्तिम १६ बाटै बाहिरिएको छ। साउदी भने क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *