June 14, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि २० वरियतामा नेपालले सुधार गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल टि २० वरियतामा एक स्थान माथि उक्लिएको हो।

टि २० वरियतामा यूएईलाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लिएको छ। बुधबार नेपालले एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलिया विरुद्ध सानदार जित निकालेको थियो।

सो खेलमा नेपालले रेकर्ड नै रेकर्ड बनाएको थियो। सो सानदार प्रदर्शन पश्चात नेपाल आइसिसीको वरियतामा एक स्थान माथि उक्लिन सफल भएको हो। ओडीआइ वरियताको कुरा गर्ने हो भने नेपाल १५ औं स्थानमा छ।

नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा कायमा छ। दोस्रो स्थानमा इंग्ल्याण्ड रहेको छ भने न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ। चौथो, पाँचौं, छैटौँ, सातौं र आठौंमा क्रमशः पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र श्रीलंका छ्न्।

त्यस्तै नवौं, दशौं, एघारौं, बाह्रौं र तेह्रौं स्थानमा क्रमशः बंगलादेश, अफगानिस्तान, जिम्बावे, आयरल्याण्ड र नामिबिया रहेका छन्। चौधौं र पन्ध्रौं स्थानमा क्रमशः स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *