June 14, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोना पुनः लालिगाको शिर्ष स्थानमा उक्लिएको छ। सेभिया माथि कठिन जित जिकाल्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो।

बार्सिलोनाले सेभिया विरुद्धको होम गेममा १-० को कठिन जित निकाल्यो। सेभियाबाट एक गोल उपहार पाउँदा बार्सिलोनाको जित सम्भव भएको हो। सेभियाका सर्जियो रामोसको आत्मघाती गोलमा बार्सिलोनाले जित निकाल्न सफल भयो।

खेलभर बलमा राम्रो नियन्त्रण राखेर आक्रमणम उत्रिएपनि बार्सिलोनालाई सेभियाको डिफेन्स तोड्न हम्मे-हम्मे नै पर्यो। खेलभर बार्सिलोनाले बलमा ५९ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर बार्सिलोनाले १८ प्रहार गरेको थियो। त्यसमद्ये ५ प्रहार टार्गेटमा थिए। त्यस्तै सेभियाले भने खेलभर १२ प्रहार गरेको थियो। त्यसमद्ये ३ प्रहार टार्गेटमा भएर पनि कुनै प्रहार गोलमा परिणत हुन सकेन।

खेलको ७६औं मिनेटमा सेभियाका सर्जियो रामोसले गरेको आत्मघाती गोलको मद्दतले बार्सिलोना विजयी भयो। लमिन यामलको हेडर रामोसको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *