June 25, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले लगातार छैठौ जित निकालेको छ। शुक्रबार राति साउदी प्रो लिगको आठौँ खेलमा अल नासरले जित निकाल्न सफल भएको हो।

प्रिन्स अब्दुल अजिज बिन मुसाद स्टेडियममा शुक्रबार राति भएको खेलमा अल नासरले अल ताईलाई २-१ को गोल अन्तरले पराजित गर्यो। अल ताई विरुद्ध अल नासरले निकालेको यस सिजनको लगातार छैठौं जित हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले गोल गरे। त्यस्तै घरेलु टोलीका लागि भने भिर्गिल मिसिडजानले एक गोल गरेका थिए। खेलको ३२ औं मिनेटमा टालिस्काको गोलबाट अल नासरले अग्रता लिएको थियो।

त्यसपछि खेलको ७९ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो। खेलको ८७ औं मिनेटमा रोनाल्डोले अल नासरका लागि निर्णायक गोल गरे। सो गोल पेनाल्टीमा आएको थियो।

यस जितसंगै अल नासर साउदी प्रो लिगको चौथो स्थानमा उक्लिएको छ। अल नासरले सिजनका ८ खेलमा ६ जित निकाल्दै १८ अंक जोडेको छ। पराजित अल ताई भने लिगको १२ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *