June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार साउदी प्रो लिगमा गोलको खाता खोल्नबाट चुकेका छन्। शुक्रबार राति पेनाल्टी मार्फत गोलको खाता खोल्ने अवसर पाउँदा नेयमार चुकेका हुन्।

शुक्रबार राति साउदी प्रो लिगमा अल हिलालले अल शबाबको सामना गर्यो। शबाब विरुद्धको खेलको ३७ औं मिनेटमा अल हिलालले पेनाल्टीको अवसर पायो।

सो पेनाल्टी नेयमारले प्रहार गर्न पाए। तर उनले सो पेनाल्टीलाई गोलमा परिणत गर्न भने सकेनन्। नेयमारले गरेको प्रहारलाई विपक्षी टोलीका गोलरक्षकले सहजै छेक्न सफल भए।

नेयमारले पेनाल्टी मिस गरेपनि अल हिलालले अल शबाबलाई पराजित गर्न सफल भयो। पहिलो हाफमा गोल गर्न नसकेपनि अल हिलालले दोस्रो हाफमा अभाने दुई गोल गर्यो।

अल हिलालको जितमा कालिडौ कौलिबाली र अलेक्जेन्डर मित्रोविचले गोल गरे। ती गोलहरु क्रमशः ६८ औं र ७६ औं मिनेटमा आएका थिए। यस जितसंगै अल हिलाल शिर्ष स्थानमा उक्लिएको छ। अल हिलालले ८ खेलमा ६ जित र २ बराबरी सहित २० अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *