June 25, 2024

एजेन्सी – शुक्रबार राति क्याटलान क्लब बार्सिलोनाले सेभियाको सामना गर्यो। लालिगा अन्तर्गतको खेलका लागि बार्सिलोना र सेभिया आमने-सामने हुँदा बार्सिलोना विजयी भयो।

खेलमा भएको एक मात्र गोल सेभियाका डिफेन्डर सर्जियो रामोसको आत्मघाती गोलबाट आएको थियो। बार्सिलोनाका युवा स्टार लमिन यामलको प्रहार रोक्नेक्रममा रामोसले आत्मघाती गोल गर्न पुगेका थिए।

लमिन यामलको हेडर रामोसको खुट्टामा लागेर गोलपोस्ट भित्र छिरेको थियो। शुक्रबार संयोग यस्तो जुर्यो कि कुनै बेला मस्कटको रूपमा रामोससंगै क्याम्प नोउको मैदान प्रवेश गर्न पाएका यामलले रामोस विरुद्ध खेल्न पाए।

सन् २०१६ मा बार्सिलोना युवा एकेडेमी स्टारले मस्कटको रूपमा रामोससंगै क्याम्प नोउ मैदान पुग्ने अवसर पाएका थिए। त्यसबेला रामोस रियल म्याड्रिडमा थिए। एल क्लासिको खेलका क्रममा मस्कटको रूपमा रामोससंगै मैदान पुगेका यामलले शुक्रबार राति उनी रामोसको सामना गरे।

यामल कम उमेरमै बार्सिलोनाका लागि उच्च प्रदर्शन गरिरहेका छन्। छोटो समयमै उनले राम्रो छाप छाड्न सफल भएका छन्। यस सिजन बार्सिलोनाका लागि ९ खेल खेल्दा उनले २ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *