June 16, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको पारिश्रमिक बढाउने बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको पारिश्रमिक र सेवासुविधा बढाउने बताएका हुन्।

महिनाको ५ हजारबाट सुरु भएको खेलाडीहरुको पारिश्रमिक ६० हजार पुगेको र अब छिट्टै बढ्ने चन्दले बताए। उनका अनुसार खेलाडीहरुको पारिश्रमिक सन् २०२४ बाट बढ्नेछ।

“महिनाको ५ हजारबाट सुरु भएर क्रिकेट खेलाडीको तलब अहिले ६० हजारसम्म भएको छ, सन् २०२४ पछि यसलाई पनि हामी बढाउँछौँ”,चन्दले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा भने।

त्यसक्रममा उनले खेलाडीलाई प्रोत्साहन गर्दै अघि बढ्ने नीति क्यानले लिएकाे बताउन छुटाएनन्। अबको चार वर्षपछि नेपाली क्रिकेटले ऐतिहासिक उचाइ हाँसिल गर्ने पनि चन्दले बताए।

उनले भने,”प्रतियोगिताका लागि बजेट दिन लोभ गर्नुभएन, खेललाई वर्गीकरण गरेर सोही प्राथमिकताअनुसार बजेट विनियोजन गर्नुपर्छ । सरकारले क्रिकेट संरचना निर्माणमा गरेका घोषणा कार्यान्वयन गरे आगामी चार वर्षमा हामी अहिलेभन्दा धेरै अगाडि र उच्च स्थानमा हुने छौँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *