June 17, 2024

काठमाडौँ – खेलकुदमा रेकर्डहरु तोडीनको लागि बन्छन्। खेलकुदमा बनेका कयौं रेकर्डहरु समय-समयमा तोडिने गरेपनि मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले बनाएको विश्व रेकर्ड भने तोडिन असम्भव छ।

चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा मंगोलियाविरुद्ध ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दा ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतक तोडियो। र दीपेन्द्र सबै भन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने।

नौ बलमा उनले बनाएको अर्धशतकको रेकर्ड सोझो हिसाबमा कहिल्यै तोडिने छैन। सबैलाई थाहा भएकै कुरा हो सोझो आठ बलमा त ४८ भन्दा बढी बन्न सक्दैन। यस्तोमा अर्धशतक पूरा गर्न जुन सुकै खेलाडीले ९ बल खेल्नै पर्ने हुन्छ।

“वैसे तो रेकर्ड तोड्नेकी लिए बनते है,” मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक पूरा गरेपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्,”लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।”

हो उनले भने जस्तै ऐरीको रेकर्ड तोड्नु असम्भव प्रायः हुनेछ। भारतका पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्ध शतक त तोडियो तर ऐरीको रेकर्ड भने तोडेर तोडिने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *