June 17, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ रेकर्ड बनाएका छन्। शुक्रबार राति साउदी प्रो लिग अन्तर्गत अल ताई विरुद्धको खेलमा गोल गरेसंगै रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्।

शुक्रबार राति अल नासरले अल ताईको सामना गर्यो। अल नासरले सो खेलमा २-१ को गोल अन्तरको जित निकाल्यो। खेलमा रोनाल्डोले निर्णायक गोल गरेका थिए। अल नासरले पेनाल्टीको अवसर पाउँदा रोनाल्डो चुकेनन्।

पेनाल्टी गोल गरेसंगै साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोको गोलसंख्या १० पुगेको छ। यससंगै रोनाल्डो साउदी प्रो लिगको एकै सिजनमा सबै भन्दा छिटो १० गोल गर्ने खेलाडी बनेका छन्।

रोनाल्डोले १० गोल गर्न मात्र ७ खेल मात्र लगाए। रोनाल्डो साउदी प्रो लिगको जारी सिजनको सर्वाधिक गोलकर्ता रहेका छन्। गोलमा मात्र नभई रोनाल्डो असिस्टमा पनि अगाडी छन्।

रोनाल्डोले साउदी प्रो लिगमा यस सिजन ५ असिस्ट दिसकेका छन्। यस हिसाबमा रोनाल्डोले अल नासरका लागि १५ गोलको योगदान दिसकेका छन्। यस्तै रोनाल्डोले रियल म्याड्रिड छाडेपछिको २ सय गोलको आकडा पूरा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *