June 17, 2024

एजेन्सी – अन्ततः प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा ब्रेक लागेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु भएपछि निरन्तर जित निकालिरहेको सिटी शनिबार पराजित भएको हो।

सिटी वुल्भ्स विरुद्धको खेलमा २-१ को गोल अन्तरले पराजित भयो। खेलको सुरुवातमै पछि पारेर कम्ब्याकको निरन्तर प्रयास गरेपनि दोस्रो हाफमा वुल्भ्सले गोल थप्दा सिटी हार बेहोर्न बाद्य भयो।

खेलको १३ औं मिनेटमा सिटी आत्मघाती गोलका कारण पछि पर्यो। रुबेन डियासले बल छेक्न गरेको प्रयासका क्रममा आत्मघाती गोल हुन पुगेको थियो। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन।

खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई खेलमा फर्काए। अल्भारेजले फ्रिकिकममा उत्कृष्ट गोल गरेका थिए। तर खेलको ६६ औं मिनेटमा ह्वाङ हे-चानले गोल गर्दै वुल्भ्सलाई पुनः अग्रता दिलाए।

वुल्भ्ससंग हारेको सिटी प्रिमियर लिगको शिर्ष स्थानमा छ। सिटीले ७ खेलमा ६ जित र १ हार सहित १८ अंक जोडेको छ। विजयी वुल्भ्स ७ खेलमा २ जित र ४ हार सहित ७ अंक बनाएर १३ औं स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *