June 22, 2024

काठमाडौँ – माल्दिभ्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको हो।

माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालले गरेको छ। केहि समय अगाडी सम्पन्न टस जितेसंगै कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

यस अगाडीको खेलमा नेपालले मंगोलिया विरुद्ध सानदार ब्याटिङ गरेको थियो। नेपालले मंगोलियालाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको थियो भने मंगोलिया ४१ रनमै आउट भएको थियो।

मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि कीर्तिमान बनाउने प्रयास गर्नेछ। माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ। माल्दिभ्सको दोस्रो रोजाईको टोलीको धुलाई गर्ने नेपालको प्रयास हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *