June 14, 2024

काठमाडौँ – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध प्लेइङ ११ मा सामान्य परिवर्तन गरेको छ। नेपालले मंगोलियाको सामना गरेको टोलीमा सामान्य परिवर्तन गरेको हो।

मंगोलियाको सामना गरेको टोलीबाट तीव्र गतिका बलर करण केसीलाई आराम दिइएको छ। उनको स्थानमा विकेटकिपर विनोद भण्डारीलाई मौका दिइएको छ।

नेपालको बेन्चमा प्रतिश जि.सी, सागर ढकाल, विवेक यादव र करण केसी रहेका छन्। माल्दिभ्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको हो।

माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालले गरेको छ। केहि समय अगाडी सम्पन्न टस जितेसंगै कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

नेपालको सम्भावित प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *