June 17, 2024

काठमाडौँ – नेपालका विकेटकिपर विनोद भण्डारी लामो समय पछि क्रिकेट मैदान फर्किएका छन्। भण्डारी एक वर्ष भन्दा लामो समय पछि क्रिकेट मैदानमा फर्किएका हुन्।

भण्डारीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध किपिङ गर्ने तय भएको छ। पछिल्लो पटक उनी नेपालका लागि आइसिसी विश्वकप लिग २ मा स्कटल्याण्ड विरुद्धको खेलमा सहभागी भएका थिए।

टि २० को कुरा गर्ने हो भने विनोदले २०२१ मा टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँगको खेलपछि कुनै पनि खेल खेलेका थिएनन्। मंगोलियनको सामना गरेको टोलीमा नेपालले एक परिवर्तन गरेको छ।

कारण केसीलाई आराम दिएर उनको स्थानम भण्डारीलाई खेल्ने मौका दिइएको छ। नेपालको पहिलो रोजाईका विकेटकिपर भएपनि अपेक्षा अनुसार रन बनाउन नसकेपछि उनलाई टोलीबाट बाहिर राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *