June 16, 2024

काठमाडौँ- नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्धको खेलमा मध्यम सुरुवात गरेपनि सानदार कम्ब्याक गर्दै विशाल लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए। उनले नेपालको तर्फबाट एक्लो अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडेका थिए।

कुशल मल्लले पनि माल्दिभ्स विरुद्ध उत्कृष्ट प्रदर्शन गरे। यधपी उनले अर्धशतक भने पूरा गर्न सकेनन्। मल्लले २० बलमा ३ चौका र ३ छक्का सहित नटआउट ४७ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूमा आउट हुनु अगाडी १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडेका थिए।

अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भए। विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। माल्दिभ्सका बाडेउले सर्वाधिक ३ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *