June 22, 2024

काठमाडौँ – नेपालले दिएको विशाल लक्ष्य पछ्याउन पिचमा उत्रिएको माल्दिभ्स धरापमा परेको छ। एकै ओंभरमा लगातार तीन विकेट गुमाएसंगै माल्दिभ्सको ब्याटिङ अर्डर धरापमा परेको हो।

नेपालका लागि पहिलो ओभरमा सोमपाल कामिले विकेट लिँदा छैठौं ओभरमा अभिनास बोहोराले तीन विकेट लिए। त्यसपछि बलिङ गर्न  आएका गुलसन झाले पनि विकेट लिंदा माल्दिभ्सले ४ विकेट गुमायो।

कुशल मल्ल र कप्तान रोहित पौडेलको राम्रो ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

पालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *