June 22, 2024

काठमाडौँ – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड)मा क्रिकेट तर्फ लगातार दोस्रो जित निकालेको छ। आइतबार बिहान एसियाड अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्स माथि सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १२ रन बनायो। नेपालले दिएको लक्ष्य पछ्याउनेक्रममा माल्दिभ्स सास्तैमा अल आउट हुन पुग्यो।

आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्यो। नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।

नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्च गरे। यस जितसंगै नेपाल एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा क्वार्टारफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुग्न सफल भएको छ। अब नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टोलीसंग सेमिफाइनलमा स्थान बनाउनको लागि खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *