June 25, 2024

काठमाडौँ – तीव्र गतिका बलर अभिनाश बोहराको माल्दिभ्स विरुद्धको खेलमा सानदार बलिङ गर्दै रेकर्ड बनाएका छन्। माल्दिभ्सलाई सास्तैमा समेट्न महत्वपूर्ण भूमिका निभाएका बोहराले नयाँ रेकर्ड बनाएका हुन्।

नेपालको जितमा अभिनाश बोहरा ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिन सफल भए। यससंगै टि २० आईको एकै खेलमा सबै भन्दा बढी विकेट लिने खेलाडी बनेका छन्।

यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए। तर माल्दिभ्स विरुद्धको खेलमा ६ विकेट लिएसंगै बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बने।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई पहिलो सफलता दिलाए। पहिलो ओभरको चौथो बलमा उनले माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गरेका थिए।

फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए। उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए। अभिनाशले चौथो बलमा पनि विकेट लिए। उनले बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे।

अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरेसंगै उनको तीन विकेट पूरा भयो। खेलको अन्तिम ओभरमा बलिङ गर्न आउँदा पनि अभिनाशले तीन विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *