June 17, 2024

काठमाडौँ – आइतवार माल्दिभ्सलाई १३८ रनले हराएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले “धेरैले गरेको पदकको आशा” आफूहरूले बुझेको प्रतिक्रिया दिए।

उनले भने: “नेपालबाट धेरैले यस खेललाई नियालिरहनुभएको छ। हाम्रो प्रयास पनि क्रिकेटबाट पदक दिलाउने हो।”

एशियाली खेलकुदको क्रिकेटतर्फ पहिलो खेलमा मङ्गोलियाविरुद्ध कैयौँ विश्व कीर्तिमानहरू सहित जित हात पारेपछि नेपाली क्रिकेट टोलीको हान्झाउमा जसरी चर्चा पाइरहेको छ, त्यसरी नै खेलाडीहरू पनि मानसिक रूपमा सफलतालाई दोहोर्‍याउँदै लैजाने धुनमा देखिएका छन्।

आइतवार लिगको अन्तिम खेलमा समेत नेपालले माल्दिभ्सलाई उही शैलीमा एकपक्षीय जित हात पार्‍यो। यससँगै १४ टोली सहभागी एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल अन्तिम आठमा पुगेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले जी ज्याङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा सुरुमा रन जोड्नमा सङ्घर्ष गर्नु परेको थियो।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले २०० रन पार गर्न समेत कठिन हुने छनक देखिएको थियो। तर कप्तान रोहित पौडेल र कुशल मल्लका आक्रामक ब्याटिङका सहायताले नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *