June 17, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) सन् २०२३-२४ को सिजन सुरु भएपछि संघर्षरत देखिएको छ। नयाँ सिजन सुरु भएयता पिएसजी राम्रो नतिजा निकाल्न असमर्थ देखिएको हो।

पिएसजीले शनिबार राति फ्रेन्च लिग वानमा अर्को बराबरी खेल्यो। पिएसजी शनिबार क्लर्मन्टसंग गोल रहित बराबरीमा रोकिएको हो। निरन्तर आक्रमण गरेपनि पिएसजीले सो खेलमा गोल गर्न सकेन।

पिएसजी यति बेला फ्रेन्च लिगको पाँचौं स्थानमा छ। सिजनका ७ खेल मद्ये उसले ३ खेलमा जित निकालेको छ भने ३ खेलमा बराबरीमा रोकिएको छ। पिएसजीले नयाँ सिजनमा एक खेल हारिसकेको छ।

पिएसजीको कम्जोर प्रदर्शनलाई धेरैले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन स्टार नेयमारको बहिर्गमनको नतिजाको रुपमा हेरेका छन्। मेस्सी र नेयमार दुवैले एक साथ क्लब छाडेका कारण पिएसजीको खेलमा समस्या देखिएको टिप्पणी धेरैले गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *