June 25, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर आज राति एक्सनमा उत्रँदैछ। अल नासर एएफसी च्याम्पियन्स लिगको नयाँ सिजनको दोस्रो खेलका लागि एक्सनमा उत्रन लागेको हो।

अल नासरले आज राति ताजिकिस्तानको क्लब इस्तिक्लोलको सामना गर्नेछ। अल नासर र इस्तिक्लोल बीचको खेल अल नासरको घरेलु मैदानमा हुने तय भएको छ। खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अल नासर समूह ‘इ’को शिर्ष स्थानमा रहेको छ। अल नासरले एसियन च्याम्पियन्स लिगको पहिलो खेलमा इरानी क्लब पर्सेपोलिस फुटबल क्लबलाई पराजित गरेको थियो।

सो खेलमा अल नासर २-० को गोल अन्तरले विजयी भएको थियो। त्यस्तै इस्तिक्लोलले भने पहिलो खेलमा कतारी क्लब अल दुहेलको सामना गरेको थियो। सो खेल गोल रहित बराबरीमा टुंगिएको थियो।

अल नासर पक्कै पनि आज घरेलु मैदानमा इस्तिक्लोल माथि जित निकाल्ने योजनामा हुनेछ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आज एसिया च्याम्पियन्स लिगको पहिलो गोलको खोजिमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *