June 16, 2024

काठमाडौं, नेपालकी सन्दीपा अम्गाईले अमेरिकामा दुई स्वर्ण पदक जितेकी छन्। २३ औँ ग्लोबल ओपन कुकिवन कपमा अम्गाईले दोहोरो स्वर्ण पदक जित्न सफल भएकी हुन्।

अमेरिकाको नर्थ क्यारोलिना स्मिथफिल्डमा भएको प्रतियोगिताअन्तर्गत फेस्टिभ ट्राडिसनल पुम्से इन्डिभिजुयल १८–३० उमेर समूहमा स्वर्ण पदक जितिन् । अमेरिकाकै माडेलिन यियुङलाई हराएर सन्दीपा च्याम्पियन भन्न सफल भइन् ।

सन्दीपाले १८–३० उमेर समूहअन्तर्गत नै ब्लयाकबेल्ट पावर ब्रेकिङ टर्निङ ब्याक किक इभेन्टमा पनि स्वर्ण पदक हासिल गरिन् । सो इभेन्टको फाइनलमा सन्दीपाले बोलिभियाकी खेलाडीलाई हराएकी हुन् ।

कुकिवनका अध्यक्ष ग्रान्डमास्टर डोङ सुप लिबाट उद्घाटन भएको सो प्रतियोगितामा ६९८ खेलाडी र ३७ रेफ्रीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *