June 17, 2024

एजेन्सी – १९औँ एसियाली खेलकुदमा नेपाल पदक बिहिन हुनबाट जोगिने भएको प्रवल सम्भावना देखिएको छ। महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढेसंगै पदक बिहिन हुनबाट नेपाल जोगिने भएको हो।

नेपालले मंगलबार महिला कबड्डीमा बंगलादेशलाई पराजित गर्यो। महिला कबड्डीमा नेपाल ३७-२४ ले विजयी भयो। बंगालदेश विरुद्धको खेलमा नेपालले दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको हो।

हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको भिडन्तको १५ मिनेटको पहिलो हाफमा नेपालले २१–१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दा नेपालको जित पक्का भयो।

महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश रहेका छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई रहेका छन्। बंगलादेशलाई पराजित गरिसकेका कारण अब नेपाल सेमिफाइनल पुग्न सक्छ।

सेमिफाइनल पुगे लगत्तै नेपालले कम्तीमा कास्य पदक जित्न सक्छ। तर त्यसको लागि समूहको अर्को खेलमा इरानले बंगलादेशलाई हराउनु पर्ने हुन्छ। इरान यस अगाडीको स्वर्ण पदक जितेको टोली हो। उसले बंगलादेशलाई पराजित गर्ने बितिकै नेपालको पदक पक्का हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *