June 22, 2024

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा नेपालले टस हरेको छ। क्वाटरफाइनलमा भारत विरुद्धको खेलका लागि भएको टस नेपालले हारेको हो।

टस जितेको भारतले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए।

भारत सिधै क्वाटरफाइनलमा पुगेको हो भने नेपाल मंगोलिया र माल्दिभ्सलाई पराजित गरेर क्वाटरफाइनल आइपुगेको हो। नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो।

नेपाल र भारत बीच हुने खेल टि २० आई फर्म्याटको पहिलो खेल रहेको छ। एक दिवसीय खेलमा नेपाल र भारत बीच भेट भएपनि टि २० फर्म्याटमा भने अहिले सम्म दुई देश बीच भेट भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *