June 25, 2024

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ। भारत विरुद्धको खेलका लागि नेपालले आफ्नो टोलीमा एक परिवर्तन गरेको हो।

माल्दिभ्सको सामना गरेको टोलीबाट विनोद भण्डारीलाई हटाइएको छ भने उनको स्थानमा करण केसी प्लेइङ ११मा फिर्ता बोलाइएको छ। भारतले विकेटकिपर जितेश शर्मालाई डेब्यू दिएको छ।

नेपालको प्लेइङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

भारतको प्लेइङ ११ –
ऋतुराज गायकवाड(कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *