June 16, 2024

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारत विरुद्ध बलिङ गरिरहेको नेपाललाई दुई सफलता मिलेको छ।

आक्रामक ब्याटिङ गरिरहेको भारत विरुद्ध नेपाललाई दुई सफलता मिलेको हो। नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाउँदा दोस्रो सफलता सोमपाल कामीले दिलाए।

दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए। त्यस्तै भारतक तिलक वर्मालाई कामीले आउट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *