June 14, 2024

Nepalese cricketer Sandeep Lamichhane bowling during prctice season at TU ground at Kritipur on Sunday. Photo/Hemanta Shrestha

काठमाडौँ – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले तेस्रो सफलता पाएको छ। टस हारेर बलिङमा उत्रिएको नेपालले १३ औं ओभरको समाप्तिमा ३ विकेट लिन सफल भएको हो।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेलको १२ दश्मलभ ५ ओभरमा जितेश शर्माको विकेट लिए। लामिछानेको बलमा शर्माले गरेको प्रहार लामिछानेले नै क्याच गरे।

त्यसभन्दा अगाडी नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले विकेट लिएका थिए। नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे। तीन विकेट लिएसंगै नेपालले कम्ब्याकको संकेत देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *