June 14, 2024

काठमाडौँ – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारत विरुद्ध नेपाललाई अर्को महत्वपूर्ण सफलता मिलेको छ। धुँवादार ब्याटिङ गरेका यशस्वी जैसवालको विकेट नेपाललाई मिलेको हो।

नेपाल विरुद्ध सानदार प्रदर्शन गर्दै शतक प्रहार गरेका यशस्वी जैसवालको विकेट अलराउण्डर दीपेन्द्र सिंह ऐरीले लिए। यससंगै ऐरीले यस खेलमा दुई विकेट लिएका छन्। बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित १ सय रन बनाएका थिए।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेलको १२ दश्मलभ ५ ओभरमा जितेश शर्माको विकेट लिए। लामिछानेको बलमा शर्माले गरेको प्रहार लामिछानेले नै क्याच गरे।

त्यसभन्दा अगाडी नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले विकेट लिएका थिए। नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे। तीन विकेट लिएसंगै नेपालले कम्ब्याकको संकेत देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *