June 14, 2024

काठमाडौँ – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई विशाल लक्ष्य दिएको छ। झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले नेपाललाई विशाल लक्ष्य दिएको हो।

नेपाल विरुद्ध भारतका यशस्वी जैसवालले सर्वाधिक १ सय रन बनाए। ७ छक्क र ८ चौका सहित यशस्वी जैसवालले ४९ बलमा १ सय रन पूरा गरेका हुन्। भारतका रिंकु सिंहले नेपाल विरुद्ध ४ छक्क र २ चौका सहित ३७ रन बनाए।

कप्तान ऋतुराज गायकवाडले २३ बलमा २५ रन बनाए। शुभम दुबेले १९ बलमा २५ रन बनाउँदा जितेश शर्माले ५ रन बटुले। त्यस्तै तिलक वर्षाले २ भन्दा बढी रन बटुल्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। उनले गायकवाड र जैसवालको विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले पनि एक-एक विकेट लिए। भारतले नेपाललाई पूरा २० ओभर खेल्दै २ सय ३ रनको लक्ष्य दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *