June 16, 2024

काठमाडौँ – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले अर्धशतक पूरा गरेको छ। टस हारेर भारत विरुद्ध बलिङ गरेर ब्याटिङका लागि उत्रिएको नेपालले अर्धशतक पूरा गरेको हो।

नेपालले एक विकेटको क्षतिमा नेपालले ७ दश्मलभ ३ ओभरमा अर्धशतक पूरा गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ३० रन बनाएका छन्। क्रिजमा यति बेला उनलाई कुशल मल्लले साथ दिएका छन्। उनले १० बलमा ११ रन बनाएका छन्।

नेपालले ओपनर आसिफ शेखलाई १० रनमा गुमाएको थियो। उनी ६ बलमा एक चौका र एक चक्का सहित १० रन बनाएर आउट भए। उनी आभेश खानको बलमा जितेश शर्माबाट क्याच आउट हुन पुगे।

भारतले नेपाललाई पूरा २० ओभर खेल्दै २ सय ३ रनको लक्ष्य दिएको छ। नेपाल विरुद्ध ब्याटिङ गर्दै यशस्वी जैसवालले सर्वाधिक १ सय रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *