June 25, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) टोली रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि)का भेट्रान ब्याट्सम्यान विराट कोहलीले नयाँ कोशेढुंगा पार गरेका छन्।

सोमबार राति आइपिएलमा पहिलो जित निकाल्दा सानदार प्रदर्शन गरेसगै कोहलीले नयाँ कोशेढुंगा पार गरेका हुन्। पञ्जाब किंग्स (पीबीकेएस) विरुद्ध कोहलीले अर्धशतकीय इनिङ खेलेका थिए।

कोहलीले कुल ४९ बलको सामना गर्दा ११ चौका र २ छक्का प्रहार गरे। पञ्जाब किंग्स (पीबीकेएस) विरुद्ध उनले ७७ रन बनाए। कोहलीले सोमबार करियरको १ सयौं ५० प्लस रन बनाएका थिए।

टी–२० क्रिकेटमा कोहलीले ८ शतक र ९२ अर्धशतक प्रहार गरेका छन्। जसमध्ये एक शतक र ३७ अर्धशतक अन्तर्राष्ट्रिय खेलमा आएका छन्। कोहलीले सोमबार ३२ बलमा अर्धशतक पूरा गरेका थिए।

सो अर्धशतक कोहलीको आइपिएल करियरको ५१ औं अर्धशतक थियो। टी-२० फर्म्याटमा सबै भन्दा बढी ५० प्लस रन क्रिस गेलले बनाएका छन्। उनको नाममा १ सय १० पटका ५० प्लान रन छन्।

टी-२० मा सबै भन्दा बढी ५० प्लान रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा डेभिड वार्नर छन्। उनले १ सय ९ पटक ५० प्लस रन बनाएका छन्। यस सूचीको तेस्रो स्थानमा कोहली छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *