June 22, 2024

एजेन्सी – आयरल्यान्ड वल्भ्स विरुद्धको दोस्रो टी-२० खेलमा नेपालले विशाल लक्ष्य दिएको छ। आयरल्यान्ड वल्भ्ससँगको टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले विशाल लक्ष्य दिएको हो।

टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित पूरा २० ओभर ब्याटिङ गर्दै नेपालले ७ विकेटको क्षतिमा १ सय ९८ रन बनायो।

नेपालका लागि नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडे। गुलशनले ३२ बलको सामना गर्दा एक चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १३ बलमा आक्रामक १ चौका र चार छक्काको मद्दतमा ३४ रन जोडे।

त्यस्तै कप्तान रोहित पौडेलले ३३ रन जोडे। उनले २४ बलमा ५ चौका प्रहार गरे। ओपनर कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।

सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अनिल शाहले १२ रन जोड्दा ओपनर आसिफ शेखले ११ रन जोडे।

यस्तै नेपालका विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री नटआउट ७ रन बनाए। आजको खेलमा नेपालका ७ खेलाडीले दोहोरो अंकको रन जोडे। जसमध्ये तीनले ५ खेलाडीले २० भन्दा बढी रन जोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *