June 16, 2024

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल)को साविक विजेता चेन्नाई सुपर किंग्सले मंगलबार राति गुजरात टाईटन्सलाई पराजित गर्यो। आइपिएलको जारी सिजनको दोस्रो खेलमा चेन्नाईले ब्याक टु ब्याक जित दर्ता गर्ने क्रममा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो। चेन्नाईका लागि शिभम दुबेले सर्वाधिक २३ बलमा ५१ रन जोडे।

रचिन रवीन्द्रले २० बलमा ४६ रनको योगदान दिँदा कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन बनाए। मिचेल २४ रनमा नटआउट रहे। २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले १ सय ४३ रन भन्दा बनाउन सकेन।

गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनायो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए।

धोनीको त्यो सानदार क्याच

सम्भवतः अन्तिम आइपिएल खेलिरहेका चेन्नाईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले गुजरात विरुद्ध एक सानदार क्याच लिएका थिए। यति बेला धोनीले लिएको सो क्याचको सर्वत्र चर्चा छ।

धोनीको क्याचले गुजरातको महत्वपूर्ण साझेदारी भंग गरेको थियो। जय शंकर र साई सुदर्शन बीच राम्रो साझेदारी हुने संकेत देखिरहेका बेला साझेदारी तोड्नमा एमएस धोनीको महत्वपूर्ण भूमिका थियो ।

उनले डेरिल मिचेलको बलमा विकेटको पछाडि फ्लाइङ क्याच लिए र शंकरको इनिङ्स समाप्त गरे। सामाजिक संजालमा यति बेला धोनीले लिएको सो सानदार क्याचको राम्रो चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *