June 22, 2024

काठमाडौँ – जुनमा हुने टी२० विश्वकप अगाडी नेपाली क्रिकेट समर्थकले सरप्राइज पाउने भएका छन्। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइका अनुसार नेपाली क्रिकेट समर्थकले सरप्राइज पाउने भएका हुन्।

आयरल्याण्डको ‘ए’ टोली आयरल्याण्ड उल्भ्स विरुद्धको सिरिज जितेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा देसाइले घरेलु मैदानमा घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने खुलासा गरे।

त्यसक्रममा उनले नेपालले कुन टोलीसँग सिरिज खेल्न लागेको हो भन्ने बारे भने केहि खुलाएनन्। नेपालमा विश्वकप अगाडी सिरिजको आयोजना गर्ने विषयमा कुराकानी भइरहेको उनले बताए।

“विश्वकपअघि एउटा सिरिज नेपालमा हुनेछ। तपाईंहरू सरप्राइज हुनुहुनेछ। कुराकानी भइरहेको छ, तर म अहिले नै यो सार्वजनिक गर्न चाहन्न।”,देसाइले कुराकानीका क्रममा भने।

आफूहरू आन्तरिक छलफलमै रहेको बताउँदै उनले सिरिज हुनेमा आफू विश्वस्त रहेको बताए। उनका अनुसार हरेक देशसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कुरा भइरहेको छ।

उनले भने,”हामी आन्तरिक रूपमा सम्भव भएसम्म हरेक देशसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कुरा गरिरहेका छौं। उक्त सिरिज हुनेमा म विश्वस्त छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *